असोज ३० गते २०८३ || October 16, 2026

रविलाई रूपन्देही अदालत पेस गरिँदै, त्यसपछि कारागार चलान


सोमबार, चैत २५ २०८११०:५९

रविलाई रूपन्देही अदालत पेस गरिँदै, त्यसपछि कारागार चलान

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले केही बेरमा रुपन्देही जिल्ला अदालतमा पेस गरिँदैछ ।

उनलाई अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।


जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले उच्च अदालतबाट मिशिल प्राप्त हुने वित्तिकै लामिछानेलाई जिल्ला अदालतमा पेश गरिने जनाए ।


बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend