कात्तिक १ गते २०८३ || October 17, 2026

बेहुलाको जुत्ता लुकाउँदा बेहुली विना फर्किए जन्ती,भयो विवाह नै रद्द


सोमबार, चैत २५ २०८१११:२४

बेहुलाको जुत्ता लुकाउँदा  बेहुली विना फर्किए जन्ती,भयो विवाह नै रद्द

बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाको सालीले जुत्ता लुकाउने र त्यसबापत रकम माग्ने प्रचलन छ ।

यही परम्पराका कारण एउटा बिहे रद्द भएको छ । शनिबार भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावाद निवासी खुर्शीदकी छोरीको विवाह थियो । देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो ।

सोही क्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए । यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो 

बेहुली पक्षले भने बिहेमा बेहुला पक्षबाट कारको माग गरिएको आरोप लगाएको छ । त्यसपछि दुवै पक्ष विवाह नै रद्द गर्ने निष्कर्षमा पुगे । यो निर्णयसँगै बेहुला र जन्ती बेहुलीविना नै फर्किएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend