असोज ३० गते २०८३ || October 16, 2026

मुकुल ढकाल : रवि दाई वर्षौँका लागि मामाघर जानु भयो, अब क्लबबाट पार्टी बनाउनुपर्छ


सोमबार, चैत २५ २०८१०२:२९

मुकुल ढकाल : रवि दाई वर्षौँका लागि मामाघर जानु भयो, अब क्लबबाट पार्टी बनाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व महामन्त्री डा. मुकुल ढकालले अब रास्वपालाई क्लबबाट पार्टी बनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै ढकालले रवि लामिछाने वर्षौँका लागी मामाघर गएको बताउदै अब क्लवबाट पार्टी बनाउनुपर्ने बताएका हुन्। 

उनले भनेका छन्-  काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ । 


  • सम्बन्धित विषय:

  • # रबि लामिछाने
  • # मुकुल ढकाल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend