असोज ३० गते २०८३ || October 16, 2026

कारागारबाट रविको सन्देश


सोमबार, चैत २५ २०८१०६:००

कारागारबाट रविको सन्देश

कारागार चलान भएका रवि लामिछानेले पठाए ४ सन्देश: कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना समर्थकहरुका लागि ४ सन्देश पठाएका छन् । कारगार चलान भएपछि उनले सन्देश पठाएको उनको सचिवालयले जनाएका छन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार यस्ता छन् रवि लामिछानेका ४ सन्देशः 

१) अदालतको आदेशको सम्मान छ। कानूनले दिएको अधिकार प्रयोग गर्छु। 

२)आफूमाथि व्यक्त गरिएका शंका पनि गलत सावित हुने जिकिर गरेका छन् ।

३)पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्,  नसकेपनि घटाउने काम चाहिँ नगर्न आग्रह गरेका छन् ।

४)लामिछानेको भनाई उदृत गर्दै न्यौपानेले भनेका छन्,‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend