कात्तिक १ गते २०८३ || October 17, 2026

भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, २२ जना घाइते


मंगलबार, चैत २६ २०८१११:०२

भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, २२ जना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा सोमबार साँझ भएको पिकअप भ्यान दुर्घटनामा परी एक बालिकासहित दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लु १ च २७६३ नम्बरको पिकअप भ्यान शिवगढिया मोडमा अनियन्त्रित भई पल्टिँदा गैँडहवा गाउँपालिका-१ की १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ की ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको उपचार लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा भइरहेको छ भने अन्य १९ जनालाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

दुर्घटनाका प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको पिकअप भ्यान मोडमा पुग्दा सन्तुलन गुमाई पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरमा मुण्डन संस्कार सकेर घर फर्कंदै थिए । दुर्घटनापछि सवारी चालक कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा निवासी २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend