कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सुरू हुँदै,


मंगलबार, चैत २६ २०८१११:१२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदर्शन सुरू हुँदै,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभा सुरू हुँदैछ।  राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राप्रपाले आज आमसभा गर्न लागेको हो।त्यसका लागि राप्रपाले बिहान साढे ११ बजे बल्खुमा आमसभाको तयारी गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत दलहरूले सभालाई सम्बोधन गर्ने जनाइएको छ।राप्रपाको प्रदर्शनमा राजसंस्था पुनरस्थापनाका लागि  गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ। उसले राष्ट्रिय झण्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने जनाएको छ।

अहिले विभिन्न स्थानबाट सुरू भएर  र्‍याली तथा जुलुश तोकिएको स्थानमा जम्मा हुने क्रम जारी छ। विरोध कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुनसक्ने भएकाले प्रहरीले सवारी डाइभर्सनको प्रबन्ध मिलाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend