गुल्मीमा दुई महिनादेखि हराएका व्यक्तिको कंकाल फेला परेको छ ।
गुल्मीदरबार गाउँपालिका–६ का रतन शाहीको कंकाल फेला परको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएका ५५ वर्षीय सारु दुई महिना अघि नै हराएका थिए ।
सोमबार राति एउटा कुकुरले मान्छेको टाउको जस्तो देखिने वस्तु ल्याएर आएको थियो । त्यो देखेपछि वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि मंगलबार बिहान स्थानीयसहित प्रहरी टोली खोज्न गएको थियो ।
खोजीका क्रममा प्रहरीले बिहान कालिका सामुदायिक जंगलमा शरीरका अन्य भागका अवशेष भेटाएको थियो । अवशेषसँगै भेटिएका कपडाका आधारमा उनी रतन शाही भएको ठहर प्रहरी र उनका आफन्तले गरेका हुन् ।रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।