असोज ३० गते २०८३ || October 16, 2026

अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी


मंगलबार, चैत २६ २०८१०३:१७

अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी

राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले जनताको मत लिएर शासकहरूले रावण प्रवृतिबाट शासन गरिरहेको बताएका छन् । उनले नेताहरूमा देखिएको अहंकार र जनतालाई उपेक्षा गर्ने व्यवहार नै रावण प्रवृति भएको बताए । 
 
‘मैले जे गरेको छु, त्यही ठीक हो, ढुकुटीमा जे गरे पनि हुन्छ भन्ने व्यवहार गरेका छन्, त्यही हो रावण प्रवृत्ति,’ मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभामा लोहनीले भने ‘राज्यलाई आफ्नो एकलौटी विर्ता ठानेका छन् । कसैले प्रश्न उठायो भने त्यसलाई सिध्याउने भावना राख्छन्।’ उनले रावण प्रवृतिको विरोधमा आफूहरुको लडाइँ रहेको र त्यसलाई मासेर छोड्ने चेतावनी दिए । जनताको शोषण गरेर देशलाई केही नदिइ आफ्नो पेट भर्ने प्रवृति छाड्न उनले भनेका छन् । नवीन समझदारी गरेर देश बचाउन उनले सरकारलाई आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend