असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा वायुप्रदूषण जोखिमयुक्त अवस्थामा


बुधबार, चैत २७ २०८११२:४६

नेपालमा वायुप्रदूषण जोखिमयुक्त अवस्थामा

जल तथा मौसम विज्ञान विभागले सुक्खा वायुमण्डल र कमजोर पारदर्शिता (भिजिबिलिटी)का कारण नेपालमा वायुप्रदूषण जोखिमयुक्त अवस्थामा पुगेको जनाएको छ । 

आज एक विज्ञप्तिमार्फत विभागले लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रम वृद्धि भएकाले वायुमण्डल सुक्खा भएको र तुवाँलोको प्रभावले पारदर्शिता घटेकाले वायुप्रदूषण थप जोखिमयुक्त अवस्थामा पुगेको जनाएको हो ।

पश्चिमी वायुको प्रभाव निकै कमजोर रहेकाले लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि भएकाले वायुमण्डल सुक्खा छ"फलस्वरूप तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शिता (भिजिबिलिटी)समेत न्यून हुन गई हालको वायुप्रदूषणको अवस्थालाई थप जोखिमयुक्त अवस्थामा पुर्‍याउन भूमिका खेलेको देखिन्छ," विभागले भनेको छ ।

"आगामी तीन दिन देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए पनि देशभरको मौसममा अपेच्छित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक हुनुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन यस विभाग सबैमा हार्दिक अपिल गर्दछ," विज्ञप्तिमा उल्लेख छ ।विभागका अनुसार, यस वर्ष मनसुनपछिको 'पोस्टमनसुन'को अवधि (अक्टोभरदेखि नोभेम्बर, २०२४) मा देशभर सरदर (६४.० मिलिलिटर) भन्दा १९.६ प्रतिशत न्यून वर्षा भएको थियो । तापक्रम सरदर (२०.१ डिग्री सेल्सियस) भन्दा ०.७ डिग्री सेल्सियस बढी थियो ।

Air-Pollution-(2)-1744179823.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend