देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोसी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ। कोसी र मधेसमा मध्यम वर्षा हुनेछ। यी प्रदेशका केही स्थानमा वर्षा सुरु भइसकेको छ ।
बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् डेबिड ढकाल बताउँछन् ।
“काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ । यो क्रम अझै केही समय रहनेछ,” मौसमविद् ढकालले बाह्रखरीसँग भने, “केही समयपछि रहने र मध्याह्नपछि काठमाडौंमा पुनः वर्षा हुने सम्भावना छ ।”
काठमाडौंमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा
राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ ।
“काठमाडौं भोलि पनि वर्षा हुनेछ । भोलि भने केही कम वर्षा हुनेछ,” मौसमविद् ढकाल भन्छन्, “शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ, तर आजजस्तो ठूलो वर्षा हुनेछैन ।”