काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ । प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।
बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डार जाँदै थियो । रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए।