त्रिभुवन विश्वविद्यालय(त्रिवि) का उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीका साथै सत्तारूढ एमाले र उसको भ्रातृ संगठनको हस्तक्षेप र असहयोगले उपकुलपति राजीनामा गर्न बाध्य भएको जानकार टिप्पणी गर्छन् । कुनै पनि प्रक्रिया थालनी नहुँदा विश्वविद्यालय नेतृत्वविहीन हुनका साथसाथै शैक्षिक तथा प्रशासनिक अन्योल छाएको प्राध्यापकहरू बताउँछन् ।