कात्तिक १ गते २०८३ || October 17, 2026

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला


आइतबार, चैत ३१ २०८१०४:०९

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला

हनुमान जन्मोत्सवको अवसरमा वीरगञ्जमा शनिबार निकालिएको शोभा यात्रामाथि ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोलिएको घटनाको विरोधमा जनकपुरमा राष्ट्रिय एकता अभियानले गृहमन्त्री रमेश लेखेको पुत्ला जलाएको छ ।

प्रदर्शनका सहभागीहरूले घटनालाई धार्मिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले उक्त घटनाका क्रममा गृह मन्त्रालयको निष्क्रियताबारे आक्रोश प्रकट र्दै गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् ।

राष्ट्रिय एकता अभियानका प्रतिनिधि वीरगञ्जको घटनालाई सामान्य मान्न नसकिने बताए । ‘यो घटना कुनै साधारण होइन, यो धार्मिक अधिकार र स्वतन्त्रतामाथिको आक्रमण हो’, उनीहरूले भने, ‘दोषीलाई अविलम्ब कानुनी दायरामा नल्याए आन्दोलन अझ सशक्त बनाउँछौँ ।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend