असोज २९ गते २०८३ || October 15, 2026

ह्वाट्एसएपमा ठग्ने नयाँ तरिका, अपरिचित व्यक्तिले पठाएको फोटो डाउनलोड गर्दा ३ लाख गुम्यो


सोमबार, वैशाख १ २०८२१२:१९

ह्वाट्एसएपमा ठग्ने नयाँ तरिका, अपरिचित व्यक्तिले पठाएको फोटो डाउनलोड गर्दा  ३ लाख गुम्यो

 ठगहरूले मेसेजिङ एप ह्वाट्सएपमा पैसा ठग्ने नयाँ तरिका अपनाउन थालेको पाइएको छ । स्क्यामरले फोटो पठाइ डाउनलोड गर्न लगाउने र सो फोटोमा क्लिक गरेको भरमा प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू प्राप्त गरी बैंक तथा डिजिटल वालेटको पैसा चोर्ने घटना बाहिरिएको हो । 

हालै भारतको मध्य प्रदेशको जबलपुरमा एक व्यक्तिले अज्ञात नम्बरबाट ह्वाट्सएपमा आएको एउटा फोटो डाउनलोड गरेपछि करिब २ लाख भारु गुमाएका छन् । यस घटनाले साइबर ठगीको नयाँ तरिकाको बारेमा खुलासा गरेको हो । 

ह्वाट्सएप इमेज स्क्याम  एक नयाँ प्रकारको साइबर ठगी हो, जसमा ठगहरूले ह्वाट्सएप वा अन्य मेसेजिङ एपमार्फत फोटो पठाउँछन् । यी फोटोहरूमा मालवेयर लिंकहरू हुन्छन्, जसलाई स्टेगानोग्राफी (Steganography) भनिन्छ । यो डिजिटल फाइलहरूमा डेटा लुकाउने प्रविधि हो । 

केही ठगहरू फोनमार्फत पीडितसँग सम्पर्क पनि गर्छन्, तस्बिरको बारेमा सोधपुछ गर्छन् । ताकि तस्बिर खोलिएको कुरा सुनिश्चित गर्न सकियोस् । यो नयाँ प्रकारको स्क्यामले पुरानो फिशिङ लिंक वा नक्कली एप जस्ता विधिहरूलाई पनि माथ खुवाउन सक्छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend