जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन्।
उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन्। आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन्। ‘समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्’, उनले भने।