कात्तिक ३ गते २०८३ || October 19, 2026

अनौठो रेष्टुरेन्ट, हात्तीको गोबरबाट बनेको मिठाई


आइतबार, वैशाख ७ २०८२०२:०२

अनौठो रेष्टुरेन्ट, हात्तीको गोबरबाट बनेको मिठाई


चीनको शांघाइमा रहेको एउटा हाइप्रोफाइल रेष्टुरेन्टले एक अनौठो परिकार पस्किन थालेको छ । त्यो अनौठो परिकार भनेको हात्तीको गोबरबाट बनेको विशेष खालको मिठाई हो । यो परिकारले सोसल मिडियामा बहस सिर्जना गरेको छ ।

 उक्त रेष्टुरेन्ट वातावरणमैत्री परिकार पस्किनका लागि चर्चित छ । साथै यसले अनेक प्रकारका नयाँ परिकार पनि तयार गरेर पाहुनालाई खुवाउने गर्दछ । त्यसमा रुखका पात र महमा डुबाइएका बरफका टुक्रादेखि लिएर पछिल्लो पटक हात्तीको सुख्खा गोबरबाट तयार पारिएको मिठाई सामेल छ ।

रेष्टुरेन्टका दुईजना संस्थापकहरुमध्ये एकजना चीनको ब्लांग जातीय समुदायबाट छन् भने अर्का चाहिं फ्रेन्च हुन् । उनीहरुले शांघाईमा रेनफरेस्ट रेष्टुरेन्ट सुरु गर्नुअघि युनान प्रान्तको हराभरा उष्णसदावहार वनमा शोध गर्नका लागि सात वर्ष बिताएका थिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend