भोलिसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा कठिन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलीसम्म पनि विद्यालय खुलेन भने परीक्षा लिन कठिन हुने जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा गर्ने अन्तिम तयारी भएता पनि आन्दोलन फिर्ता नलिएसम्म सम्भावना नहुने बताए । भने–भोली अर्थात् सोमबारभित्र आन्दोलनरत शिक्षक केन्द्रमा प्रवेश नगरे परीक्षा हुन कठिन छ।