कात्तिक २ गते २०८३ || October 18, 2026

नैनसिंह महर : शिक्षकसँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु


सोमबार, वैशाख ८ २०८२०२:०८

नैनसिंह महर : शिक्षकसँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघसंगको वार्ता एक ,दुई दिन भित्रै निष्कर्षमा पुग्ने बताएका छन ।’शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी  वार्ता सफल पार्ने कोसिस भइरहेको छ 

उनले सरोकारवालाहरूबीचको वार्ता सकारात्मक रहेकाले एक/दुई दिनमै निकास निस्कने विश्वाससमेत व्यक्त गरेका छन्। शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया नै अवरुद्ध हुनुका साथै कक्षा १२ को परीक्षासमेत अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै काँग्रेस समस्या समाधानमा गम्भीर रहेको उनले बताए।

उनले सरकारलाई समेत माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका छन्। ‘चैत २० यता शिक्षकहरू निरन्तर प्रदर्शनमा हुनुहुन्छ। यसले लाखौं विद्यार्थी मारमा परेका छन्। यस्तो अवस्थामा सरकारसँगको शिक्षकहरूको वार्ता सकारात्मक रुपमा अघि बढिरहेकाले चाँडो निकासमा पुर्‍याउनुपर्छ। भर्ना प्रक्रिया अवरुद्ध नहोस् र कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्नेमा काँग्रेस चिन्तित रहेकाले सरकार र शिक्षक महासंघ संग निरन्तर छलफल भइरहेको समेत उनले प्रस्ट पारेका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend