कात्तिक १ गते २०८३ || October 17, 2026

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि मन्त्री भट्टराईले असन्तुष्टि जनाएकी थिइन्


सोमबार, वैशाख ८ २०८२०६:२७

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि  मन्त्री भट्टराईले  असन्तुष्टि जनाएकी थिइन्

 संघीय राजधानी काठमाडौंमा २० दिनदेखि आन्दोलित शिक्षकहरूको माग पूरा गर्ने विकल्पको खोजी हुन नसकिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

आन्दोलित शिक्षक र सरकारबीच वार्ता अघि नबढिरहेको अवस्थामा भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएकी हुन् ।

ऐन अघि बढाउन बाँकी रहेका विषय टुंग्याउने विषयमा उनले संवाद गरिरहेका बेला प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग सिधै वार्ता थालेका थिए ।

आन्दोलित शिक्षक महासंघका पदाधिकारीसँग प्रधानमन्त्रीले सिधै छलफल गर्न थालेदेखि मन्त्री भट्टराई असन्तुष्ट रहेको खुलेको छ । मन्त्री भट्टराईले आफूलाई संलग्न नगराई प्रधानमन्त्री वार्तामा बस्न थालेपछि असन्तुष्टि जनाएकी थिइन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend