शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्। शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि ती व्यक्तिलाई शिक्षकहरूले नै घेरा हालेर नियन्त्रणमा लिएका हुन् । लगत्तै ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछार समेत पारेका थिए। शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गरेका व्यक्तिलाई शिक्षकहरूले कुटपिट गरेका थिए। शिक्षकहरूले लछारपछार गर्दा उनको लुगा समेत च्यातिएको छ।