कात्तिक १ गते २०८३ || October 17, 2026

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरु सुनसान


बुधबार, वैशाख १० २०८२११:१०

शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरु  सुनसान

शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो बर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन ।

कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरु यतिबेला सुनसान छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधी ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन । जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ । 

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरु काठामाडौ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधी ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ ।

अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ ।

सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिए पछि अधिकांश विद्यालयले पाठ्य पुस्तक पनि खरिद गरेका छैनन् । सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइदेखि वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० वटै जिल्लामा ७० प्रतिशतभन्दमा बढी पुस्तक पुगिसकेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend