भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा एक जना नेपालीसमेत रहेका छन् ।