काठमाडौंको सडकमा २४ दिनदेखि निरन्तर प्रदर्शनरत शिक्षकको आन्दोलन नरोकिने भएको छ। बिहीबार काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले आदेश जारी गरे पनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहेको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’’ उनले अदालतको प्रशंग उल्लेख नगरी आन्दोलन जारी रहने बताएका हुन्। अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ। सदा झैं ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नुहोला।’