असोज ३० गते २०८३ || October 16, 2026

कोशी नाम र केबलकार खारेजीको पक्षमा जसपा नेपाल छलफल चलाउँदै


बिहीबार , वैशाख १८ २०८२१२:२७

कोशी नाम र केबलकार खारेजीको पक्षमा  जसपा नेपाल  छलफल चलाउँदै

जनता समाजवादी पार्टी  नेपालले सुनसरीको धरानमा आगामी वैशाख २० गते आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ मा सहभागी हुन परिपत्र जारी गरेको छ।

जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरेको ‘१ नं प्रदेश आन्दोलन परिचालन तथा समन्वय समिति’ ले गोष्ठी गर्न लागेको हो।

प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय समिति, प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृसङ्गठनका समितिलाई पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने उक्त गोष्ठीमा उपस्थित हुन परिपत्र जारी गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

त्यसैगरी इनरुवा, भोक्राहा नरसिंह, हरिनगरा, देवानगञ्ज र कोशीमा भगिरथ खत्वे र देवकृष्ण यादवलाई जिम्मेवारी तोकिएको छ। धरानमा ताजुब लिम्बू, उर्लाबारीमा मातृका धिमाल र विशाल आङ्देम्बे, केराबारी र लेटाङमा छत्र चेम्जोङ, कुन्ता राई र शान्ता मोक्तान र इटहरीमा टंक मोक्तानलाई जिम्मेवारी तोकिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend