असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री ओलीले भने- ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ


शुक्रबार, वैशाख १९ २०८२०२:३०

प्रधानमन्त्री ओलीले भने- ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ

 प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए ।

सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।

‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौँ । हिजो एक जना शिक्षकले बोल्दै गरेको मैले सुनेँ । मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ,’ उनले भने, ‘यसरी गाली गरिरहनुभएको थियो । उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । भेट्या पनि उहाँले छैन होला । तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन ।’

उनी ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिँदै भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो । फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?’

शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ‘उहाँ भनिरहनुभएको थियो ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend