कात्तिक १ गते २०८३ || October 17, 2026

गोवामा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ४० भन्दा बढी घाइते


शनिबार, वैशाख २० २०८२११:५७

गोवामा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

भारतको गोवास्थित शिरगाउँमा शुक्रबार राति लैराई जात्राको क्रममा भएको भागदौडमा सात जनाको मृत्यु भएको छ।  दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये २० जना अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।  शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो संख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए। सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे। त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend