असोज ३० गते २०८३ || October 16, 2026

छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ, पिछा गर्दै आफन्तको घरसम्मै पुगे !


आइतबार, वैशाख २१ २०८२०४:०५

छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ,  पिछा गर्दै आफन्तको घरसम्मै पुगे !

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा गर्ने गरेको खुलेको हो ।

सापकोटाले छात्रालाई आर्थिक प्रलोभनसँगै आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । बालिकाको पारिवारिक चिनजानसमेत भएका सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।

बालिकाका अनुसार गत बिहीबार ब्रिजकोर्स पढेर आफन्तको घर बस्न गएको बेला सापकोटाले पिछा गर्दै सापकोटा सोही घरसम्म पुगेका थिए । आफन्तको घरमा कोही नहुँदा आफ्नो पिछा गरी शिक्षक आएको थाहा पाएपछि ४५ मिनेटसम्म शौचालयमा लुकेर आफूलाई जोगाएको बालिकाले प्रहरीसँग बताएकी छिन् ।

अति हैरानी दिएपछि बालिकाले परिवारलाई सुनाएकी थिइन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर अपराधमा जाहेरी दर्ता गरेका हुन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend