धनकुटामा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका- १३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान मृत्यु भएकाे प्रहरीले जनाएको छ।
यसअघि बस चालक सुनसरीको धरान उपमहानगरपालिका- १३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल)को मृत्यु भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। कृष्णकुमारीको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
श्रेष्ठको पनि उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सोमबार बिहान धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका– ६ मा दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। घाइते १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।