कात्तिक २ गते २०८३ || October 18, 2026

चीनको कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...


मंगलबार, वैशाख २३ २०८२०७:०६

चीनको  कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...

चीनको एउटा कारखानाबाट आएको सीसीटीभी फुटेजले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । यो फुटेजमा एक ह्युमनोइड रोबोटले आफ्नो नियन्त्रकहरूलाई आक्रमण गरिरहेको र आफूलाई साङ्लोबाट मुक्त गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ । भिडियोमा रोबोटलाई सानो क्रेनमा बाँधिएको देखाइएको छ । अचानक रोबोट रिसाएर आफ्नो हात छिटोछिटो हल्लाउन थाल्छ । नजिकै बसेको व्यक्ति कम्प्युटरबाट उठेर केही पर निहुरिएर बस्छ । उसको पछाडि उभिरहेको अर्को मान्छे आत्तिएर पछि हट्छ । 

रोबोटले आफ्नो हात उठाउँछ र त्यसपछि बारम्बार थप्पड हान्छ, प्रक्रिया विस्तारै आक्रामक हुँदै जान्छ । ऊ अगाडि बढ्न खोज्छ, मानौं ऊ बन्धनबाट मुक्त हुन चाहन्छ । कम्प्युटरको मनिटर खस्छ अनि डेस्कमा भएका अन्य सामान चकनाचुर हुन्छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend