असोज ३० गते २०८३ || October 16, 2026

भारतमा पाकिस्तानको हमला, हवाई सेना अड्डा ध्वस्त


शनिबार, वैशाख २७ २०८२११:१४

भारतमा पाकिस्तानको हमला, हवाई सेना अड्डा ध्वस्त

भारतमा शनिबार बिहानै पाकिस्तानले आक्रमण गरेको दाबी पाकिस्तानी मिडियाले गरेको छ। आक्रमणमा परेर भारतको सैन्य हवाई शिविर ध्वस्त भएको पाकिस्तानी मिडिया एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ।

आक्रमणलाई ‘अपरेसन बुन्यान उन मार्सोस’ नाम दिइएको छ। पाकिस्तानी सेनाले यस अपरेसनमा भारतका मदरसा तथा नागरिक क्षेत्रमा हमला गर्न तयारी गरिरहेका शिविरहरूलाई लक्षित गरिएको बताएको छ।

उक्त घटनाका लागि भारतले पाकिस्तानलाई दोष दिएको छ भने पाकिस्तानले भने यसलाई भारतको आन्तरिक आतङ्कवादको उपज भनेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend