असोज ३० गते २०८३ || October 16, 2026

१६ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ


बिहीबार , जेठ १ २०८२०२:५३

१६ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ


बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छबीसपाथिभेरा गाउँपालिका- ४ झुतेडाका ३२ वर्षीय केशर खत्री छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend