सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
फूलजोर–त्रिभुवनगर सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय राम प्रताप पण्डितको मृत्यु भएको हो। पण्डितको बिहीबार बिहान एल. एस न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।