असोज २९ गते २०८३ || October 15, 2026

नेपाली क्रिकेट टिमले स्कटल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै


बिहीबार , जेठ १५ २०८२१२:३२

नेपाली क्रिकेट टिमले स्कटल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै

आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग अभ्यास एकदिवसीय खेल खेल्दै छ ।

लिग २ अघि हुने दुई अभ्यास खेलअन्तर्गत पहिलो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ ।

स्कटल्याण्डको ए टिममा केही सिनियर टिमका खेलाडीहरू पनि समावेश छन् । कप्तानी क्रिस्टोफर म्याकब्राइडले गर्नेछन् जसले सिनियर टिमबाट खेलिसकेका छन् ।

त्यस्तै लिग २ मै खेल्ने सिनियर टिममा रहेका चार खेलाडीहरू पनि ए टोलीमा समावेश छन् जसमा लियाम नेलर, म्याकेन्जी जोन्स, चार्ली कासेल र ओली डेभिडसन छन् ।

स्कटल्याण्ड जानुअघि नेपालले युकेमा विभिन्न काउन्टी टिमहरूसँग अभ्यास खेल खेलेको थियो । नेपाल सबै अभ्यास खेलमा अपराजित रह्‍यो ।

स्कटल्याण्डको ए टिमसँग नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ । त्यसपछि लिग २ शृंखला सुरु हुनेछ ।

नेपालले जुन २ मा स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने छ।

त्यस्तै जुन ८ मा पुन: स्कटल्याण्डसँग तथा जुन १० मा नेदरल्याण्ड्ससँग खेल्ने छ । हाल नेपाल ८ टोलीमध्ये पुछारमा छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend