अबिरल वर्षाका कारण निशाने खोलामा आएको बाढीले अवरुद्ध बनेको धरान- भेडेटार सडक सञ्चालनमा आएको छ । शनिबार बिहान परेको अविरल वर्षाका कारण निशाने खोलामा पहिरो झर्दा धरान- भेडेटार सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध बनेपछि धरानबाट धनकुटा जाने यातायातका साधन बीच सडकमा नै अलपत्र परेका थिए । प्रहरी, स्थानीयको सहयोगमा जेसिभी लगाएर पहिरो हटाएर यातायातका साधन संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए।