असोज ३० गते २०८३ || October 16, 2026

राउटे युवतीलाई दुर्व्यवहार गर्ने १ जना पक्राउ


आइतबार, जेठ १८ २०८२११:१४

राउटे युवतीलाई दुर्व्यवहार   गर्ने  १ जना पक्राउ

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार भिडिओ पाँच दिन अगाडिको हो ।

उजुरीपछि आरोपित शाही खोज्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई दैलेखको टुनिबगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार आरोपित युवकमाथि साइबर अपराध तथा दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend