असोज ३० गते २०८३ || October 16, 2026

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु


सोमबार, जेठ १९ २०८२११:३१

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली–२ दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

बुटबलबाट  बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान एक आपसमा ठोक्किँएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend