कात्तिक १ गते २०८३ || October 17, 2026

च्याम्पियन्स लिग ‘सेलिब्रेसनमा दुईजनाको मृत्यु


सोमबार, जेठ १९ २०८२१२:४७

च्याम्पियन्स लिग ‘सेलिब्रेसनमा दुईजनाको मृत्यु

फ्रान्समा च्याम्पियन्स लिग ‘सेलिब्रेसन’का क्रममा दुईजनाको मृत्यु भएको छ । पेरिस सेन्ट जर्मन (पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेपछि खुसियाली मनाउने क्रममा भीडमा च्यापिएर दुईको मृत्यु र १९२ जना घाइते भएका फ्रान्सेली प्रहरीले जनाएको छ ।

त्यसक्रममा करिब ५०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेरिसबाट मात्र ४९१ जनालाई नियन्त्रणमा लिइएको छ ।

खुसियाली मनाउने क्रममा छुरा प्रहारबाट १७ वर्षीय एक युवकको मृत्यु भएको हो । त्यही बेला गाडीको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शनिबार च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० ले हराउँदै पीएसजी च्याम्पियन बनेको थियो । पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग जितेपछि फ्रान्सभर उत्साह छाएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend