असोज ३० गते २०८३ || October 16, 2026

यातायात व्यवसायी आन्दोलनको कारण राइड शेयरिङलाई फाइदा, १५०% सम्म बढ्यो पठाओ-इनड्राइभ को माग


सोमबार, जेठ १९ २०८२०५:२०

यातायात  व्यवसायी आन्दोलनको कारण  राइड शेयरिङलाई फाइदा, १५०% सम्म बढ्यो पठाओ-इनड्राइभ को माग

राइड शेयरिङलाई वैधानिकता दिएको विरोधमा व्यवसायीहरूले सार्वजनिक यातायात सेवा ठप्प गर्दा उल्टै राइड शेयरिङ व्यवसायलाई फाइदा पुगेको  छ । 
पठाओको राइड अन्य दिनको तुलनामा आज १५० प्रतिशतले बढेको कम्पनीको भनाइ छ । राइडरहरूले थेग्नै नसक्नेगरी राइड रिक्वेस्ट आइरहेको र राइडरहरू एकपछि अर्को राइड लिनमा नै व्यस्त भएको कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले बताए । उनका अनुसार अन्य दिनको तुलनामा पठाओमा राइड रिक्वेस्ट १५० प्रतिशतले बढेको छ भने राइड संख्या ५० प्रतिशतले बढेको छ 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend