असोज ३० गते २०८३ || October 16, 2026

एकै दिन २९ सयले बढ्यो सुनको मूल्य


मंगलबार, जेठ २० २०८२११:१५

एकै दिन २९ सयले बढ्यो सुनको मूल्य

साताको तेस्रो दिन मंगलबार सुन एकै दिन २९ सय रुपैयाँले बढेको छ।

सोमबारको तुलनामा सुन तोलामा २९ सय रुपैयाँ बढ्दा चाँदीमा ५५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँ थियो।

यसका अलावा चाँदी आज तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको एक् हजार नौ सय ९० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्दै आएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend