कात्तिक १ गते २०८३ || October 17, 2026

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु


मंगलबार, जेठ २० २०८२११:२२

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी सर्लाही मलंगवा–४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।

बरहथवा नगरपालिका १७ नम्बर वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल आफैँ बिहान २ः५० अनियन्त्रित भई पुलको दाहिनेतिर २-३ मिटर तल खस्दा राय घाइते भएका थिए।

भेनस अस्पताल बरहथवामा उपचारका लागि भर्ना गरिएका उनलाई थप उपचारको लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको प्रहरीले जनाएको छ। रायको उपचारको क्रममा बिहान ५ : ५५ बजे एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend