इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) नयाँ च्याम्पियन भएको छ।
आरसीबीले पञ्जाब किङ्ग्स (पीकेबीएस) लाई ६ रनले पराजित गर्दै १८औँ संस्करणको उपाधि जितेको हो ।
आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्न सफल हुँदा पञ्जाबको उपाधि प्रतिक्षा अझै लम्बिएको छ ।
उपाधि जितेपछि आरसीबीले चम्किलो ट्रफीसहित २० करोड भारतीय रुपैयाँको पुरस्कार राशी प्राप्त गरेको छ।
उपविजेता पीकेबीएसलाई १२ करोड ५ लाख रुपैयाँ प्रदान गरिएको छ । तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सले ७ करोड र चौथो स्थानको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ पाए।
यस सिजन सबैभन्दा धेरै ७५९ रन बनाउने गुजरातका साई सुदर्शनलाई अरेन्ज क्याप प्रदान गरिएको छ । २५ विकेट लिने प्रसिद्ध कृष्णालाई पर्पल क्याप दिइएको छ ।
उता राजस्थानका १४ वर्षीय वैभव सूर्यवंशीलाई ‘सुपर स्ट्राइकर अफ द सिजन’ घोषणा गरिएको छ ।
यस सिजन सबैभन्दा धेरै व्यक्तिगत अवार्ड गुजरातका ओपनर साई सुदर्शनले जितेका छन् । उनलाई अरेन्ज क्यापका साथै अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) अवार्ड पनि प्रदान गरिएको छ ।
मुम्बईका सूर्यकुमार यादव मोस्ट भ्यालुएबल प्लेयर अफ द टूर्नामेन्ट घोषित भएका छन् ।