असोज ३० गते २०८३ || October 16, 2026

३ दिनसम्म छपाइ नहुने, अत्यावश्यक लाइसेन्स छाप्ने प्रिन्टरमा फेरि समस्या !


बुधबार, जेठ २१ २०८२०३:३८

३ दिनसम्म छपाइ नहुने, अत्यावश्यक लाइसेन्स छाप्ने प्रिन्टरमा फेरि समस्या !

आगामी मंगलबार देखि तीन दिनसम्म अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइको काम नहुने भएको छ । बुधबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक लाइसेन्स छपाइको काम बन्द गर्न लागिएको जानकारी दिएको हो । 

विभागका अनुसार तत्काल लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले २५ जेठ भन्दा अगाडि नै निवेदन पठाएर स्वीकृत गराइसक्नु पर्नेछ । 

यसअघि गत वैशाख अन्तिम सातामा पनि प्रिन्टरमा समस्या आउँदा एक हप्तासम्म लाइसेन्स छपाइको काम रोकिएको थियो । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend