असोज ३० गते २०८३ || October 16, 2026

विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य


बुधबार, जेठ २१ २०८२०७:५०

विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ।

स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।

नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे । मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend