बेंगलुरुमा भएको भागदौडमा भारतीय ब्याट्सम्यान विराट कोहलीले यो घटनाबाट आफू पूर्ण रूपमा स्तब्ध भएको बताएका छन्।
कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलोरले जारी गरेको एक बयान सेयर गर्दै लेखेका छन् , “मसँग भन्नको लागि कुनै शब्द छैन। म पूर्ण रूपमा भावुक छु।”
उनीहरूले साझा गरेको विज्ञप्ति अनुसार आरसीबीले भन्यो, “मिडिया रिपोर्टहरू मार्फत प्रकट भएका दुर्भाग्यपूर्ण घटनाहरूबाट हामी गहिरो दुःखी छौं। सबैको सुरक्षा र कल्याण हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ।”
बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।