नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ।
यसैबिच शुक्रवार चाँदीको मूल्य भने बढेको छ ।चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो।