कात्तिक १ गते २०८३ || October 17, 2026

पूर्व उद्योगमन्त्री अनिलकुमार झाविरुद्ध जालसाजी मुद्दा दर्ता


शुक्रबार, जेठ २३ २०८२११:२१

पूर्व उद्योगमन्त्री अनिलकुमार झाविरुद्ध जालसाजी मुद्दा दर्ता

पूर्व उद्योगमन्त्री अनिल कुमार झाविरुद्ध जाल साजी मुद्दा दर्ता भएको छ। झाविरुद्ध धनुषा जिल्ला अदालतमा जाल साजी मुद्दा दर्ता भएको हो।

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोसहित २१ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले २०८२ वैशाख २५ गते नेता झासहित दुईजना विरुद्ध जालसाजीसम्बन्धी मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गरेका छन्।

झाले पार्टीको आन्तरिक निर्णयलाई तोडमोड गर्दै किर्ते कागजात तयार पारेर झूटो ब्यहोरा पेश गरी निर्वाचन आयोगमा कमिटी अद्यावधिकका लागि निवेदन दर्ता गराएको आरोप लगाइएको छ। मुद्दामा झासँगै निवेदकहरूले आफ्ना केन्द्रीय महासचिव सरस्वती कुमारी झालाई समेत प्रतिवादी बनाएका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend