असोज ३० गते २०८३ || October 16, 2026

पूर्व विद्यार्थीबाट विद्यालयलाई आर्थिक सहयोग


शनिबार, जेठ २४ २०८२११:५४

पूर्व विद्यार्थीबाट विद्यालयलाई आर्थिक सहयोग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको विद्योदय आधारभूत विद्यालय, ७ दोर्पा छिताताललाई पूर्व विद्यार्थी सक्षम राईले आर्थिक सहयोग गरेका छन्।

सक्षम राई बेलायती सेनामा कार्यरत छन्। उनले विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर २० हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।

उनका भाइ, स्थानीय श्री अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक बयानसिं राईले विद्यालयका प्रधानाध्यापक शिवकुमार राईलाई उक्त रकम हस्तान्तरण गरे।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend