कात्तिक १ गते २०८३ || October 17, 2026

घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु


पिपल अनलाइन
आइतबार, जेठ २५ २०८२०२:३९

घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बर्दियामा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । 

बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर थारु गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend