असोज ३० गते २०८३ || October 16, 2026

नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द


सोमबार, जेठ २६ २०८२११:५२

नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द

त्रिभुवन राजमार्ग अन्तर्गत नागढुंगा–नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द हुने भएको छ । यो सडक खण्ड स्तरोन्नतिको काम भइरहेको छ ।

बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ । यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो । त्यसअघि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो।

तर, स्तरोन्नितको काम बाँकी भएकाले आजदेखि पुनः थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ । विभागले आइतबारसूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend