कात्तिक १ गते २०८३ || October 17, 2026

विद्यार्थी र डीभी परेका युवा पनि अमेरिकाबाट डिपोर्ट


सोमबार, जेठ २६ २०८२०६:३१

विद्यार्थी र डीभी परेका युवा पनि अमेरिकाबाट डिपोर्ट

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गरेको सोधपुछका क्रममा दुईजना १० वर्षअघि नै अमेरिकाको डीभी र विद्यार्थी भिसामा पुगेको खुलेको हो । उनीहरुले डिपोर्ट हुँदाको कारण भने खुलाएका छैनन् ।
यद्धपी आपराधिक गतिविधिमा संलग्नको आरोपमा फर्काएको अनुमान प्रहरीले गरेको छ । 

ब्युरोका एसपी नरेन्द्र कुवँरले एकजना डीभी र अर्का विद्यार्थी भिसामा १० वर्ष पहिलानै अमेरिका पुगेको खुलेको बताए । अमेरिकाबाट आइतबार ३२ पुरुष र पाँचजना महिला गरी ३७ जना डिपोर्ट भएर नेपाला फर्काइएको थियो । 
अमेरिकाले उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको विमान चार्टर गरेर नेपाल पठाएको हो ।

उनीहरूमध्ये पाँच महिलासहित ३० जना भने अवैध तरिकाबाट अमेरिका पुगेकाहरु छन् । उनीहरु अवैध बाटोमार्फत् अमेरिका पुगेका थिए । फर्किकाहरुमा केही सन् २०२२ र २०२५ मार्चमा अमेरिका पुगेकाहरू पनि छन् । 
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend